बिहीबार, भदौ ११, २०८३

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेध आदेशलाई कडा बनाउँदै वैशाख २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

पोखरा - जिल्ला प्रशासन कार्यालय कास्कीले निषेध आदेशलाई कडा बनाउँदै वैशाख २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ। 

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड-१९ सङक्रमण तीव्ररूपमा फैलिइरहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ।

वैशाख २१ गते बिहान ५ बजेदेखि वैशाख ३१ गते रातको १२ बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारीसाधनबाहेकका यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ। सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ। 

औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ। रासस

प्रकाशित: May 03, 2021| 02:21 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।