आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न अर्थमन्त्री समक्ष सेजनको आग्रह

पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न अर्थमन्त्री समक्ष सेजनको आग्रह

आर्थिक पत्रकार समाज (सेजन) ले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था अर्थमन्त्री समक्ष आग्रह गरेको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं – आर्थिक पत्रकार समाज (सेजन) ले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी सुझाव पेश गर्दै आगामी आर्थिक वर्षका लागि पत्रकारलाई खोजमुलक समाचारका लागि प्रोत्साहन स्वरुप फेलोसीपको व्यवस्था गर्न, पत्रकारको पेशागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन आग्रह गरेको हो।

सेजनका अध्यक्ष भीम गौतमले आर्थिकसँग सम्बन्धित बीटमा कार्यरत पत्रकारको बृत्ति विकासका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन्। 

सेजनले आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरू, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बीमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन  गर्न सुझाव दिएको छ। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेले सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाइ जित्नुको विकल्प नरहेको बताएका थिए। 

उनले वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीयतहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताएका थिए।

जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड १९ विरुद्धको खोप ल्याइ नागरिकलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिए। 

कोभिड–१९को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनर्उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए। 

जनताको जीवन रक्षाका लागि नै ठाउँ–ठाउँमा निशेधाज्ञा जारी गर्नु परेको बताउँदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन,  स्वास्थ्य मापदण्ड र निर्णय पालना गर्न सबैलाई आग्रह गरे।

प्रकाशित: May 03, 2021| 03:17 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्