काठमाडौं – अक्सिजन सिलिन्डर अनावश्यक रूपमा सञ्चित तथा प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
कोरानाको नयाँ भेरियन्टसँगै संक्रमणको लहर फैलिँदै गएकाले संक्रमितहरूको उपचारका क्रममा अक्सिजनको माग बढ्दै गएकाले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न मन्त्रालयलको आग्रह छ।
आफूसँग भएका अक्सिजन सिलिन्डर यथाशिघ्र समयमै भरिदिन र आवश्यक परेमा अस्तपालसँग उचित समन्वय गरि अक्सिजन व्यवस्थापनको प्रवन्ध गर्न/गराउन मन्त्रालयको आग्रह छ।
