बिहीबार, भदौ ११, २०८३

प्रदेश १ मा ४३ प्रतिशतमा कोरोना संक्रमण

प्रदेश १ मा आइतबार करिव ४३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

विराटनगर – प्रदेश १ मा आइतबार करिव ४३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार प्रदेशका विभिन्न प्रयोगशालामा ९७८ पीसीआर परीक्षण गर्दा ४२.६४ प्रतिशतमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आइतबार विराटनगरमा मात्र २ सय जनामा संक्रमण पुष्टि भएको छ। विराटनगरमा वैशाख १ देखि १९ गतेसम्म मात्र १ हजार २४३ जनामा संक्रमण भएको छ। 

सामाजिक विकास मन्त्रालयका कोभिड १९ अनुगमन तथा तथ्यांक संकलन समितिका संयोजक डा. रविन्द्र निरौलाका अनुसार आइतबार प्रदेश १ मा ४१७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङ्गमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मोरङ्गको विराटनगरमा ९८ महिला र १०२ पुरुषसहित २०० जना, सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २/२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान र पथरीशनिश्चरेमा १/१ संक्रमित थपिएका छन्। स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका तथा स्थानीय तह नखुलेका २/२ संक्रमित थपिएका छन्।

भोक्राहानरसिंह, बर्जु र गढीमा १/१, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २/२, कनकाईमा १, तेह्रथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माइजोगमाइमा १/१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १‍/१ तथा प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ। संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको छ। 

प्रदेश १ मा आज ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 03, 2021| 00:47 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।