बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीआईजी धानुकले हातपात गरे, मैले कहाँ न्याय पाउँछु : कांग्रेस सचेतक क्षेत्री

डीआईजी धानुकले हातपात गरे, मैले कहाँ न्याय पाउँछु : कांग्रेस सचेतक क्षेत्री

‘हामीले शान्तिपूर्ण रुपमा विरोध गरेका थियौं। त्यही बेला डीआईजी धानुक आएर हातपात गर्नुभयो, मैले कहाँ न्याय पाउँछु’, सांसद क्षेत्रीले भनिन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीको शपथका बेला विरोधमा उत्रेका नेपाली कांग्रेसका प्रदेश सचेतक निर्मला क्षेत्रीलाई प्रहरीले हातपात गरेको छ। 

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर शपथ ग्रहण गराएर बाहिरिँदै गर्दा विरोधमा उत्रेका सांसद क्षेत्रीसहित महिला सांसदमाथि प्रहरीले दुर्व्यवहार गरेको हो। 

कांग्रेस लुम्बिनी प्रदेशका सचेतक क्षेत्रीले आफूमाथि लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्रबहादुर धानुकले हातपात गरेको आरोप लगाइन्।
‘हामीले शान्तिपूर्ण रुपमा विरोध गरेका थियौं। त्यही बेला डीआईजी धानुक आएर हातपात गर्नुभयो, मैले कहाँ न्याय पाउँछु’, सांसद क्षेत्रीले भनिन्। आफूलाई डीआईजीले हात समातेर हुत्याएर फालेको उनको भनाइ छ। उनले मुख्यमन्त्रीले राजीनामा दिएकोलाई प्रदेश प्रमुख धर्मनाथ यादवले असंवैधानिक रुपमा मुख्यमन्त्री कार्यालयमा आएर शपथ खुवाएको आरोप पनि लगाइन्। 

यस्तै अर्का कांग्रेस सांसद पुष्पा थरुनीले चोरबाटोबाट मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख गएर शपथ खुवाउनु असंवैधानिक भएकाले विरोध जनाउँदा प्रहरी प्रमुखले सचेतकलाई नै हातपात गरेकाले कारबाहीको माग गरिन्।

अपराह्नदेखि प्रदेश प्रमुख कार्यालय घेराउ गरेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदहरुलाई छक्काएर मुख्यमन्त्री कार्यालयमा शपथ गराइएको थियो। ठूलो संख्यामा प्रहरी राखेर शपथ चल्दै गर्दा मुख्यमन्त्री कार्यालय परिसरमा भने सांसदहरुले चर्का नाराबाजी गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको विरोध गरेका थिए। 

प्रकाशित: May 02, 2021| 16:34 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।