बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयपछि सामाजिक सञ्जालमा कसले के भने ? 

विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयपछि सामाजिक सञ्जालमा कसले के भने ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले प्रधानमन्त्रीको निर्णयको स्वागत गरेका छन् भने कतिपयले कोरोना महामारीमा पनि राजनीतिलाई नै केन्द्रमा राखेको भन्दै प्रधानमन्त्री ओलीले आलोचना गरेका छन्।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल ट्विटरमा लेख्छन्, ‘संवैधानिक बाध्यता नभए पनि संसदबाट विश्वासको मत लिन खोजेर प्रधानमन्त्रीले सरकारको राजीनामा माग्ने तर अविश्वास प्रस्ताव ल्याउने आँट नभएर अनिर्णयका बन्दी भइरहेका विपक्षीलाई पनि निकास दिन लाग्नुभएको छ। आशा गरौं, यसबाट देशले बॉकी २ वर्ष उहॉकै निरन्तरता वा मंसिरमा चुनाव भन्ने तय गर्नेछ।’

एमालेको माधव नेपाल पक्ष र त्यसमा पनि नेपालकै निकट रिजाल पछिल्लो केही समयदेखि ओली पक्षमा लागेका छन्।

पत्रकार विजयकुमारले पनि प्रधानमन्त्री ओलीको निर्णयके स्वागत गरेका छन्। ‘प्रधानमन्त्रीजीले संसदमा विश्वासको मत लिने निर्णयको स्वागत गर्छु। यो निर्णयले पछिल्लो केही समयमा देखिएको नेपालको संविधान २०७२ को अनौपचारिक अवसानको खतरा टरेको छ। उहासँग छ भने, २७ गते संसदमा गनेर देखाउने हो। पार्टीहरुको तर्क, वितर्क, कुतर्क होइन, फैसला अब अंकगणितको,’ उनले ट्विट गरेका छन्,

‘सवाल विश्वास मतको मात्र होइन। अहं प्रश्न हो– नेपाल देशले कोभिडविरुद्धको लडाइँ कुन प्रमुख कार्यकारीको नेतृत्वा लड्ने भन्ने पनि हो। संसदको विश्वास नभएको, आफ्नै कुर्सी जोगाउने फिक्रीमा रहने भनेर आरोप खेपिरहनु भन्दा विश्वासको मत लिएर मैदानमा एकाग्र सेनापति भएर उत्रने कि बिदा हुने मौका पनि हो।’ 

डा. रामेश कोइराला व्यंग्यात्मक शैलीमा लेख्छन्, ‘विश्वासको मत रे ? भरखर लुम्बिनीमा राजपाका सांसदलाई हिस्स पारेको अनि कर्णालीमा आफ्नैले फ्लोर क्रस गरेको समयमा कसरी यो हिम्मत गरे, विश्वास नै लागेन। ओली सरजीको गेम नै नबुझिने भो।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन यही वैशाख २७ गतेका लागि आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सिफारिसमा उनले संसद् अधिवेशन डाकेकी हुन्। प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ।
 

प्रकाशित: May 02, 2021| 15:27 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।