बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक महिनामा भारतमा भन्दा नेपालमा ३३ गुणाले बढ्यो कोरोना संक्रमण 

एक महिनामा भारतमा भन्दा नेपालमा ३३ गुणाले बढ्यो कोरोना संक्रमण 

आइतबार (मे २) नेपालमा अहिलेसम्मको रेकर्ड तोड्दै ७ हजार २ सय ११ जना संक्रमित थपिएका छन्। नेपालमा एकै दिन यति धेरैमा संक्रमण थपिएको पहिलो पटक हो।  
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं-  भारतमा भन्दा नेपालमा पछिल्लो १ महिनामा कोरोना भाइरस संक्रमणदर ३३ गुणाले बढेको छ। भारतमा अप्रिल १ मा ८१ हजार ४ सय ४१ जना संक्रमित थपिएका थिए। एक महिनापछि मे १ मा संक्रमितको संख्या ४.८२ गुणाले बढेर एकै दिनमा ३ लाख ९२ हजार ५६२ जना थपिए। 

नेपालमा अप्रिल १ मा १५२ जनामा संक्रमण पुष्टि भएको थियो। मे १ मा एकै दिनमा ५ हजार ७ सय ६ जना संक्रमित थपिए। त्यो भनेको ३७.५३ गुणाले बढी हो। भारतमा एक महिनामा ४.८२ गुणाले संक्रमित थपिँदा नेपालमा ३७.५३ गुणाले संक्रमित थपिएका छन्। जुन भारतमा थपिएका संक्रमितको तुलानामा ३२.७१ गुणाले बढी हो।

आइतबार (मे २) नेपालमा अहिलेसम्मको रेकर्ड तोड्दै ७ हजार २ सय ११ जना संक्रमित थपिएका छन्। नेपालमा एकै दिन यति धेरैमा संक्रमण थपिएको पहिलो पटक हो।  

संक्रमण मात्रै होइन, मृत्युदर पनि भारतमा भन्दा नेपाल अधिक मात्रामा बढेको छ। भारतमा एक महिनाअघि अप्रिल १ मा एकै दिनमा ४६८ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए। त्यसको १ महिनापछि अप्रिल १ मा एकै दिनमा ३ हजार ६ सय ८८ जनाको मृत्यु भयो। जुन ७.८८ प्रतिशले बढी हो। 

नेपालमा भने अप्रिल १ (एक दिन) मा कोरोनाबाट १ जनाको मृत्यु भएको थियो। तर, त्यसको एक महिनापछि मे १ मा एकै दिनमा १९ जनाको मृत्यु भएको छ। जुन १९ गुणाले बढी हो। भारतमा भन्दा ११.१२ प्रतिशत धेरै हो। अझै अप्रिल २९ (बिहीबार) मा ३५ र अप्रिल ३० (शुक्रबार) मा ३३ जनाको मृत्यु भएको छ। मे २ (आइतबार) मा २७ जनाको मृत्यु भएको छ। औसतमा नेपालमा पछिल्लो एक हप्तामा हरेक दिन २० जनाभन्दा धेरैको कोरोनाकै कारण मृत्यु हुने गरेको छ।

अघिल्लो महिनाको तुलनामा नेपालमा भारतमा भन्दा संक्रमण र मृत्युदर अधिक मात्रामा बढेको छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्– ‘यही अवस्था रहे नेपालको हालत भारतको भन्दा खराब हुन सक्छ। अझै पनि सचेत नभए नेपालले धान्नै नसक्ने अवस्था आउन सक्छ ।’ सरकारले रोकथामको गतिलो उपाय नअनाएकै कारण अहिलेकै स्थिति देखा परेको उनको भनाइ छ। 

पछिल्लो एक सातामा नेपालमा दोब्बरभन्दा धेरैले संक्रमण बढेको छ। गत आइतबार ३१२२, सोमबार ३५५६, मंगलबार ४५२४, बुधबार ४८९७, बिहीबार ४९२८, शुक्रबार ५७२७, शनिबार ५७६३ र आइतबार ७२११ जनामा संक्रमित थपिएका छन्। आइतबार १६ हजार ७ सय ७० जनाको स्वाव परिक्षण गरेकोमा ४४.६५ प्रतिशतमा संक्रमण देखिएको छ। जुन अत्यन्त खतरनाक सूचक भएको जनस्वास्थ्यविद् डा. मरासिनी बताउँछन्। 

‘परीक्षणको दायरा नबढाउने, अन्तर्राष्ट्रिय हवाई उडान बन्द नगर्ने र सीमामा कडाइ नगर्ने हो भने स्थिति भयावह हुन सक्छ’, उनी भन्छन्। संक्रमण फैलिनुको मुख्य कारण कम परीक्षण र निर्बाध आहोरदोहोर भएकाले यसमा कडाइ गर्नुपर्नेमा उनी जोड दिन्छन्।

प्रकाशित: May 03, 2021| 00:20 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।