काठमाडौं- मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ।
आइतबार निवास बालुवाटारमा भएको बैठकले आन्तरिक हवाई उडानमा रोक लगाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। यो निर्णय सोमबार मध्यरातदेखि लागू हुनेछ।
'आन्तरिक र केही देशसँग अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय बैठकले गरेको हो। बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने निर्णय गरिएको छ,' उनले भनिन्।
त्यस्तै ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको अर्यालको भनाइ छ। अरू देशमा पूर्ववत् अवस्थामा उडान हुने उनले बताइन्।
