बिहीबार, भदौ ११, २०८३

‘मौसम बदली हुँदैछ, सजग बनौं’

आइतबार साँझ ६ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले अबका ४-५ दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव रहने बताएको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- आगामी केही दिन देशका केही भूभागमा मौसम बदली भई चट्याङ, हावाहुरी र असिना पानी पर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

आइतबार साँझ ६ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले अबका ४-५ दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव रहने बताएको छ।

देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। यो सिजनमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: May 02, 2021| 13:21 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।