काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका क्रियाकलापले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्। आइतरबार ट्विट गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन्।
पोखरेलका क्रियाकलापले राजनीतिक नैतिकताको पनि धज्जी उडाएको रावलको भनाइ छ। 'लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्ने गरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,' रावलको ट्विटमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै छत्रछायामाा मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको धज्जी उडाएको नेता रावलको टिप्पणी छ। उनले लेखेका छन्- 'प्रम केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला!'
