काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिने जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली छन्। उक्त जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास पुगेका छन्।
आइतबारै नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।
