बिहीबार, भदौ ११, २०८३

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण आएको छ। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण आएको छ। 

आफू र श्रीमती इन्दिरा फुयाँललाई पनि आज संक्रमण पुष्टि भएको ढकालले ट्विटरमार्फत जानकारी दिएका छन्। आफूहरुको स्वास्थ्य सामान्य रहेको जानकारी दिँदै उनले सम्पर्कमा आएका सबैलाई सावधानी र सजगता अपनाउन अनुरोध गरेका छन्। 

ढकाल दम्पती अहिले निवासमै आइसोलेसनमा बसेका छन्। यसअघि उःर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री मणि थापालाई पनि कोरोना संक्रमण भएको थियो।

गत वर्ष कोरोना महामारीको पहिलो लहर आउँदा स्वास्थ्यमन्त्री रहेका ढकाल प्रभावकारी काम नगरेको भनेर आलोचित भएका थिए। एक टेलिभिजन सञ्चारकर्मीले ‘कोरोना नियन्त्रणका लागि मन्त्रालयले के गरिरहेको छ ?’ भनेर सोध्दा ‘अहिले बोल्दिनँ, घरमा पाहुना आएका छन्’ भनेर हिँडेपछि ढकाल सामाजिक सञ्जालमा ट्रोल बनेका थिए।

प्रकाशित: May 02, 2021| 11:31 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।