बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ६०८

आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ६०८

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालभर ६०८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। 

त्यसमध्ये १३१ जना गम्भीर अवस्थाका संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४७७ जना आईसीयूमा छन्।
बिहीबार आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। यो प्रदेशमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचारत छन्। 

त्यस्तै प्रदेश १ मा ५४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा २४ आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा पनि ७७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै  कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा ७ जना भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिममा ३० आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: May 02, 2021| 11:07 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।