बुटबल- लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता फखरुद्दीन खानले मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्।
मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पोखरेलको नियुक्ति बदर माग गर्दै प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई ४२ जनाको हस्ताक्षर बुझाएपछि नेपाल समयसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन्।
‘नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले भेटेर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीमा पुनः पोखरेलको नियुक्ति बदर गर्न माग गरेका छौँ,’ नेता खानले भने, ‘हामी जसरी पनि सपथ ग्रहण रोक्नुपर्छ भनेर अड्डी कसेर बसेका छौँ।‘
मुख्यमन्त्रीले हस्ताक्षर कीर्ते गरेको आरोप उनको छ। कुनै हालतमा पनि मुख्यमन्त्रीकाे शपथ हुन नहुने अडान रहेको उनले प्रष्ट पारे।
