बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टिजेन परीक्षण भएकोमा ७ हजार २११ जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ७ हजार १३७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७४ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६१२ रहेको छ। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ।

उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७४४ जनामा, ललितपुरमा ५५० जनामा र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: May 02, 2021| 10:50 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।