शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरेन्द्रनगरमा अक्सिजनयुक्त ५० बेडको आइसोलेसन बन्ने

वीरेन्द्रनगरमा अक्सिजनयुक्त ५० बेडको आइसोलेसन बन्ने

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ५० बेड अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको छ। आज (आइतबार) बसेको नगर कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ५० बेड अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको छ। आज (आइतबार) बसेको नगर कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

कोरोना संक्रमण बढ्न थालेपछि नगरपालिकाले ५० बेडको अक्सिजनसहितको आइसोलेन बनाउने निर्णय गरेको नगरउपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। ‘संक्रमण बढ्दै गएपछि नगरपालिकाले ५० बेडको आइसोलेसन बनाउने निर्णय गरेका छ’, ढकालले भनिन्, ‘तत्काल २५ बेडबाट सेवा दिन्छौँ।’ हाल २५ बेडबाट सुरु गरेको आइसोलेसनलाई बेड तथा अक्सिनजको खरिद र स्वास्थ्यकर्मीको व्यवस्थापनपछि ५० बेडमा पुर्‍याइने छ।

नगरपालिकाले आइसोलेसन सञ्चालनका लागि अस्थायी दरबन्दीमा दुई जना डाक्टर नियुक्त गर्ने निर्णय गरेको छ। ‘आइसोलेसनका लागि आजै अक्सिजन खरिद र डाक्टरको नियुक्ति थाल्छौँ’, उनले भनिन्, ‘डाक्टर नियुक्त नहुँदासम्म प्रदेश अस्पतालसँग समन्वय गरेर सेवा दिन्छौँ।’

नगर स्वास्थ्य शाखा, नगर अस्पताल र प्रदेश अस्पतालको समन्वयमा आइसोलेसन सञ्चालनमा ल्याइने छ। यस्तै नगरपालिकाले संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवासमेत सुरु गरेको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहको वीरेन्द्रनगरमा संक्रमणदर उच्च छ। हाल वीरेन्द्रनगरमा मात्रै ९३७ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: May 02, 2021| 09:42 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।