बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी प्रवेश गरेकी प्रदेश सांसद खत्री भन्छिन्- म कसैको दबाब र प्रभावमा परेकी छैन

माओवादी प्रवेश गरेकी प्रदेश सांसद खत्री भन्छिन्- म कसैको दबाब र प्रभावमा परेकी छैन

उपनिर्वाचनमा नेकपाबाट लडेको र अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि वलीले माओवादी रोजेको बताइन्। उनका श्रीमानले तत्कालीन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि वली श्रीमानको ठाउँमा चुनाव जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशसभामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित भई भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेकी विमलाकुमारी खत्रीले आफू कसैको प्रभाव र प्रलोभन नपरेको बताएकी छन्। सोमबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी सांसद् वलीले माओवादी प्रवेश गर्ने आफ्नै निर्णय भएको बताएकी हुन्। 

उनले यसअघि आफूलाई पार्टी थाहा नभएको तर अहिले नेकपा माओवादी केन्द्र प्रवेश गरेको बताइन्। 'मलाई पार्टी थाहा छैन।तर, अहिले माओवादी केन्द्र राेजेकी छु,' उनले भनिन्। 

उपनिर्वाचनमा नेकपाबाट लडेको र अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि खत्रीले माओवादी रोजेको बताएकी हुन्। उनका श्रीमानले तत्कालीन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि खत्री श्रीमानको ठाउँमा चुनाव जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्। खत्री दाङ निर्वाचन क्षेत्र नम्बर ३ को 'ख' बाट निर्वाचित भएकी हुन्। 

ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। अब पोखरेलसँग ४० सांसद मात्रै  छन्। संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकार बनाउन पोखरेललाई ४१ सदस्य आवश्यक पर्छ। जुन अब उनीसँग छैन। 

लुम्बिनी प्रदेश सभामा माओवादीका १७, कांग्रेसका १९, जसपाका २ र राजमोका १ सांसद छन्। यी सबैले साथ दिँदा पनि पोखरेलको मत ३९ मात्र हुन्छ। सभामुख माओवादीका हुन् तर उनको मताधिकार हुँदैन। मत बराबर भएमात्र सभामुखले मत दिन पाउने ‌स‌वैधानिक व्यवस्था छ। 

एमालेका ४० मध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन्। उनीहरूले साथ नदिए पोखरेल अल्पमतमा पर्छन्।

थप समाचार: 
प्रदेश सांसद खत्री माओवादीमा लागेपछि के होला लुम्बिनीको अंकगणित?
पार्टी पूर्ववत् भएपछि माओवादी रोजें : सांसद वली

प्रकाशित: May 02, 2021| 09:12 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।