शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमितका लागि काठमाडौंमा ११९५ बेड थपिँदै

सरकारले कोभिड–१९ संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी बेड थप्ने तयारी गरेको छ। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– सरकारले कोभिड–१९ संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी बेड थप्ने तयारी गरेको छ। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ११९५ बेड थप गर्न लागिएको जानकारी दिएको छ।

यसअघि मन्त्रालयले २२ जिल्लामा कोभिड–१९ को संक्रमण भयावह भएको र बेड उपलब्ध गराउन सम्भव नरहेको विज्ञप्ति जारी गरेको थियो। मन्त्रालयको चर्को आलोचना भएपछि मन्त्री हृदयेश त्रिपाठीले सरकार जनताको उपचारका लागि प्रतिवद्ध रहेको र आइतबार नै कोभिड–१९ संक्रमितका लागि काठमाडौं उपत्यकामा १ हजार बेड थप गरिने जनाएका थिए। 

मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५० बेड थपिँदैछन् भने पाटन अस्पतालमा पनि ३५० बेड थपिनेछन्। कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २५० बेड, जनमैत्री अस्पतालमा १२० बेड, सुरेश वाग्ले क्यान्सर अस्पताल महाराजगन्जमा १ सय बेड र मानसिक अस्पतालमा २५ बेड थपिनेछन्।

प्रकाशित: May 02, 2021| 08:35 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।