काठमाडौं– सरकारले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरुमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखा मात्र सञ्चालन गर्न दिने भएको छ।
ती शाखामा कर्मचारीसमेत एक चौथाइ राखेर सञ्चालन गर्न पर्नेछ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले यस्तो निर्णय गरेको हो। यसका लागि सहजीकरण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ।
सीसीएमसीको निर्णयमा भनिएको छ, ‘निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरुमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने छ ।
