काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कोभिडको पछिल्लो अवस्थाका बारेमा गम्भीर छलफल गरेको नेता सुवास नेम्बाङले जानकारी दिए।
बैठकले कोभिड रोकथाम र नियन्त्रणमा पार्टी पंक्तिलाई देशव्यापी रुपमा अभियानमा लाग्न निर्देशनसमेत दिएको छ।
‘कोभिडको स्थिति गम्भीर हुँदैछ। सरकारले गम्भीर हुनुपर्ने कुरामा ध्यानाकर्षण गराइयो,’ उनले भने,‘प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसहितका प्रदेशहरुमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी दिनुभयो।’
