आइतबार, असोज ११, २०८३

केन्ट आल्प्स प्लस यूभी एयर प्युरिफायर नेपाली बजारमा

 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– नेपालमा केन्ट उत्पादनहरूका लागि एकमात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्था ईओएल प्रालिले केन्ट आल्प्स प्लस युभी एयर प्युरिफायर बजारमा ल्याएको छ।

मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ पर्ने नयाँ एयर प्युरिफायर नेपालभरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध हुने गरी कम्पनीले बजारमा ल्याएको हो।

सबै नयाँ यूभी कीटाणुनाशक सुविधाको साथ, प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउनको लागि हेपा टेक्नोलोजी पनि प्रयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले भनेको छ, ‘हेपा फिल्टरसँग पीएम २।५ सूक्ष्म कणहरु (९९.९९ प्रतिशतसम्म निकाल्छ), परागकण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरूजस्ता चुरोटको धूवाँ, नराम्रा गन्ध वा पालतू जनावरको गन्ध र इनडोर कार्सिनोजेन कणहरू समात्ने पनि क्षमता हुन्छ।’

यूभी कीटाणुशोधनसँग केन्ट आल्प्स प्लस एयर प्युरिफायर एक उच्च सीएडीआर र ४०० मि ३ घण्टाको उच्च क्षमतासँग आउने कम्पनीको भनाइ छ। जुन ४३० वर्गफिटको क्षेत्रफलको लागि आदर्श मानिन्छ। केही अन्य सुविधाहरूमा इन्टेलिजेंन्ट एयर क्वालिटी निगरानी, र फिल्टर प्रतिस्थापन सूचकहरू, चाङल्ड लक र कम आवाज अपरेशनहरू सामेल छन्।

केन्ट आल्प्सले शुद्धीकरण प्रणालीको संयोजनका साथै फिल्टरहरूको सेट प्रयोग गर्दछ। तीन चरणको निस्पन्दन प्रक्रियाले वायु शुद्धीकरणको उत्कृष्टस्तर दिने कम्पनीको दाबी छ। केन्ट एयर प्युरिफायरले परीक्षण गरिएको र विश्वासिलोे अद्वितीय डिजाइन गरिएको प्राथमिक फिल्टर प्रयोग गर्दछ।

प्रकाशित: May 02, 2021| 08:17 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्