बुटवल– लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले उपनिर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएकोले आफूले सोही पार्टी रोजेको बताएकी छन्। विज्ञप्ति जारी गर्दै उनले ०७६ मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा दाङ ३ (२) बाट प्रदेश सभामा निर्वाचित भएको बताएकी छन्।
त्यसबेला एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट आफू प्रदेश सभामा लडेको उनले बताएकी छन्। सर्वोच्च अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि माओवादी रोजेको उनले बताइन्।
उनका श्रीमानले तत्कालिन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि वली श्रीमानको ठाउँमा चुनाव लडेर जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्।
