बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सांसद खत्री माओवादीमा लागेपछि के होला लुम्बिनीको अंकगणित?

प्रदेश सांसद खत्री माओवादीमा लागेपछि के होला लुम्बिनीको अंकगणित?

लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बु‍टवल- लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री माओवादीमा प्रवेश गरेकी छन्। माओवादी केन्द्रकी सचेतक दामाकुमारी शर्माले नेपाल समयसँग कुरा गर्दै वली माओवादीमा प्रवेश गरेको पुष्टि गरेकी छन्।

उपनिर्वाचनमा नेकपाबाट लडेको र अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि खत्रीले माओवादी रोजेको उनले बताइन्। उनका श्रीमानले तत्कालीन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि खत्री श्रीमानको ठाउँमा चुनाव लडेर जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्।

ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। अब पोखरेलसँग ४० सांसद मात्रै  छन्। संविधानको धारा १६८ को उपधारा (१)  बमोजिम बहुमतको सरकार बनाउन पोखरेललाई ४१ सदस्य आवश्यक पर्छ। जुन अब उनीसँग छैन। 

लुम्बिनी प्रदेश सभामा माओवादीका १७, कांंग्रेसका १९, जसपाका २ र राजमोका १ सांसद छन्। यी सबैले साथ दिँदा पनि पाेखरेलकाे मत ३९ मात्र हुन्छ। सभामुख माओवादीका हुन् तर उनकाे मताधिकार हुँदैन। मत बराबर भएमात्र सभामुखले मत दिन पाउने ‌स‌वैधानिक व्यवस्था छ। 

एमालेका ४० मध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन् । उनीहरूले साथ नदिए पाेखरेल अल्पमतमा पर्छन्।

प्रकाशित: May 02, 2021| 07:45 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।