काठमाडौं - नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको हो। गत शुक्रबार छापावाल सुनको मूल्य ८९ हजार ९०० तोकिएकोमा आज प्रतितोला ९० हजार रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय कायम भएको छ।
चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
