बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुथाउत्तरगंगा गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित 

पुथाउत्तरगंगा गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित 

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका टुक्राउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

रुकुमपूर्व- रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका टुक्राउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ। गाउँपालिकालाई टुक्राएर दुईवटा गाउँपालिका बनाउने प्रस्ताव वैशाख १६ गतेको सभाले पारित गरेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए। 

'ठूलो भूगोल भएकाले गाउँपालिका टुक्र्याउने प्रस्ताव पारित भएको छ,' अध्यक्ष घर्तीले नेपाल समयसँग भने, '१४ वडा रहेको हालको पुथा उत्तरगंगा गाउँपालिकालाई टुक्र्याएर पुथा र उत्तरगंगा गरी दुई वटा गाउँपालिका बनाउने प्रस्ताव पारित भएको हो।' 

प्रस्तावअनुसार सातवटा वडा पुथा गाउँपालिकामा रहने र बाँकी ७ वडा उत्तरगङ्गा गाउँपालिकामा रहने गरी प्रस्ताव पारित भएको हो।

ठूलो भूगोलका कारण नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न नसकिएकाले त्यसमा सहज होस् भन्ने उद्देश्यले गाउँसभाबाट प्रस्ताव पारित गराइएको अध्यक्ष घर्तीको भनाइ छ। प्रदेशसभाले संघमा सिफारिस गरी संघीय सरकारले गाउँपालिका टुक्र्याउने प्रस्ताव पारित गरे छुट्टै दुई गाउँपालिका बन्नेछन्। 

गाउँसभाबाट प्रस्ताव पारित भएपनि माथिल्लो निकायमा भने पठाइसकिएको छैन। 'प्रस्ताव पारित भएको छ। माथिल्लो निकायमा पठाइसकेका छैनौँ। छिट्टै पठाउँछौँ,' अध्यक्ष घर्तीले भने।

प्रकाशित: May 02, 2021| 05:56 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।