काठमाडौं– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले आफूहरू नयाँ सरकारमा पनि सामेल हुने दाबी गरेका छन्। उनले नयाँ सरकारमा आफूहरूको अहिलेको भूमिकामा कुनै परिवर्तन नहुने दाबी गरेका हुन्।
पाण्डे जनता समाजवादी पार्टीबाट मन्त्री बनेका हुन्। तर उनलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ। शंकर पोखरेललाई साथ दिएको भन्दै जसपाले पाण्डेसहित चार सांसदलाई कारबाही गरिसकेको छ। जसले गर्दा उनीहरूको सांसद पद गुमेको छ।
एमालेकै सरकार बन्यो र उनी मन्त्रीमा नियुक्त भए भने पनि ६ महिना मात्र सरकारमा बस्न पाउनेछन्। एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ। एमाले लुम्बिनी प्रदेशको केही बेरअघि सम्पन्न संसदीय दलको बैठकले एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको हो।
