शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्ने एमाले निर्णय

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्ने एमाले निर्णय

नेकपा एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बुटवल- नेकपा एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ। एमाले लुम्बिनी प्रदेशको केही बेरअघि सम्पन्न संसदीय दलको बैठकले एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको हाे।

बैठकले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै अगाडि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले जानकारी दिए। पोखरेलले मुख्यमन्त्री पदबाट केही बेरअघि राजीनामा दिएका थिए।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेलको राजीनामा स्वीकृत गरिसकेका छन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६९ (१) (क) अनुसार राजीनामा दिएका थिए। 

सम्बन्धित समाचार

एकल बहुमतीय सरकार बनाउन मुख्यमन्त्री पोखरेलको राजीनामा गाेटी!

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रकाशित: May 02, 2021| 05:34 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।