बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकल बहुमतीय सरकार बनाउन मुख्यमन्त्री पोखरेलको राजीनामा गाेटी!

एकल बहुमतीय सरकार बनाउन मुख्यमन्त्री पोखरेलको राजीनामा गाेटी!

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकार जोगाउन राजीनामा दिएको खुलेको छ। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकार जोगाउन राजीनामा दिएको खुलेको छ। नेकपा एमालेकाे एकल बहुमत रहेकाले उनले आफ्नै नेतृत्वमा सरकार गठन गर्न राजीनामा दिएकाे खुलेकाे हाे। 

आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने रणनीति एमालेकाे छ।

लुम्बिनी प्रदेशसभामा कूल ८७ सांसद छन्। जसमध्ये जसपाका ४ र माओवादी केन्द्रका २ निलम्बित भइसकेका छन्। हाल रहेका ८१ मध्ये एमालेका मात्रै ४१ सांसाद् छन्। जुन एकल बहुमतकाे सरकारका लागि पर्याप्त हुन्छ। 

यही अंकगणितलाई आधार मानेर मुख्यमन्त्री पाेखरेलले राजीनामा दिँदै फेरि आफैं मुख्यमन्त्री बन्ने नयाँ राजनीतिक गाेटी चलेकाे राजनीतिक जानकारहरू बताउँछन्। 

मुख्यमन्त्री पोखरेलले संविधानको १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी १६९ (१) (क) अनुसार राजीनामा दिएका थिए। 

 

 

प्रकाशित: May 02, 2021| 04:53 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।