शुक्रबार, भदौ १२, २०८३

पूर्वरानी कोमलको स्वास्थ्य सुधारोन्मुख

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं – कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई प्लाज्मा दिएर अक्सिजन सहारामा उपचार थालिएको थियो। 

स्वास्थ्यमा सुधार नभएपछि बुधबार बेलुका उनलाई आईसियूमा सारिएको थियो। उपचारमा संलग्न डा. जेपी जयसवालले भने, ‘अक्सिजन दिनुपरेको छ, उहाँको अवस्थामा सुधार भइरहेको छ। पूर्वराजा ज्ञानेन्द्रको भने स्वास्थ्य अवस्था सामान्य छ।’

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्य अवस्था भने सन्तोषजनक रहेको अस्पतालले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।

प्रकाशित: May 02, 2021| 03:14 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।