बुटवल - दाङमा तीन बालकको शव रहेको कारका मालिकको पहिचान खुलेकाे छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार भारतीय नम्बर प्लेटको उक्त गाडि तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेको हो।
‘गाडी मालिकको पहिचान भएको छ तर, घटनामा उनको संलग्ना छ छैन भन्नेबारे अनुसन्धान थालिरहेका छौं,’ उनले भने, ‘अब हामी चाँडै अपराधी नजिक पुग्ने छौं।’
तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा कुहिएको अवस्थामा तीन बालकको शव भेटिएको थियो।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परीयारका ७ वर्षीय छोरा सुवर्ण परियार र सोही ठाउँका किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।
उनीहरूको शव पाेष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएकाे प्रहरीले जनाएको छ।
र, याे पनि
कारभित्र मृत फेला परेका तीन बालकको सनाखत
