बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कारमा भेटिएका तीन बच्चाको शव पहिचान हुन सकेन, शंकास्पद एक पक्राउ 

कारमा भेटिएका तीन बच्चाको शव पहिचान हुन सकेन, शंकास्पद एक पक्राउ 

भारतीय नम्बर प्लेटको कारभित्र भेटिएको शव सडेको अवस्थामा रहेपछि पहिचान गर्न अभिभावकलाई डाकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक झलकप्रसाद शर्माले बताए।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

बुटवल-  दाङको तुलसीपुरमा कारमा भेटिएका तीन बालबालिकाको शव पहिचान गर्न वरपरका अभिभावकलाई डाकिएको छ। भारतीय नम्बर प्लेटको कारभित्र भेटिएको शव सडेको अवस्थामा रहेपछि पहिचान गर्न अभिभावकलाई डाकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक झलकप्रसाद शर्माले बताए।

उनका अनुसार तीन महिनाअघिदेखि तुलसीपुर उपमहानगरपालिका ६ स्थित स्याउली बजारको खाली जग्गामा रोकेर राखिएको कारमा शव भेटिएको थियो। 

शव नेपाली बालबालिकाको हुन सक्ने प्रहरीको अनुमान छ। एकजना ९/१० वर्षका र दुईजना ७/८ वर्षका जस्ता देखिन्छन्। तर उनीहरुको लैंगिक पहिचान भने खुल्न सकेको छैन। 

प्रहरीले बालबालिका हराए भनेर अहिलेसम्म कसैले उजुरी नगरेकाले घटना गम्भीर र रहस्यमय हुन सक्ने अनुमान गरेको छ।

शर्माले भने, 'शव पहिचानका लागि केही अभिभावकलाई डाकिएको छ। त्यसपछि बच्चाको कसका हुन् थाहा हुन सक्छ।' 

घटना अनुसन्धानका क्रममा शंकास्पद एक जनालाई पक्राउ गरेको शर्माले जानकारी दिए। गाडी कसको हो भनेर पत्ता लगाउन सकिएको छैन। प्रहरीका अनुसार यसबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गर्न कुकुरको पनि सहायता लिने तयारी गरेको छ। यसका लागि नेपालगन्जबाट प्रहरीको तालिम प्राप्त कुकुर झिकाउन लागिएको प्रहरीले जनाएको छ।

भारतीय नम्बर प्लेट आरजे ०१ सीसी ०८८५ को कार विगत तीन महिनादेखि त्यहाँ रोकिएको थियो। बालबालिकाको शव भेटिएपछि शनिबार साँझ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित सुरक्षा अधिकारीहरुको टोली घटनास्थल पुगेको थियो।

प्रहरी अधिकारीका अनुसार शनिबार साँझ एउटा बस पार्किङका लागि त्यो कारनजिकै जाँदा चालक र सहचालकलाई निकै गन्ध आएको थियो। त्यसपछि वरिपरि हेर्दा केही नदेखिएको र बत्ती बालेर हेर्दा कारमा शव भेटिएको थियो। 

शव सडेगलेको जस्तो देखिएकाले पहिचान गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। ‘कारनजिकै गन्ध आएपछि बसका स्टाफले के को गन्ध हो? भनी यताउता ह‍ेरेछन्,’  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भने, ‘बत्ती बोलर हेर्दा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका हुन्।’

प्रकाशित: May 01, 2021| 16:30 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।