काठमाडौं- अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख रुपैयाँ थप सहायता प्रदान गर्ने भएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईंमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन्।
शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका हुन्।
'कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ,' उनको ट्विटमा भनिएको छ।
The US is donating an additional $8.5 million to Nepal for #COVID19 relief. We've been a longtime friend of ??& Nepalis. As a nation that has deeply struggled w/ this virus, the US stands in solidarity w/ Nepal as it faces COVID-19's ruthlessness.
Together, we will #beatthevirus. pic.twitter.com/gsx6KIv6Jy
— Ambassador Randy Berry (@USAmbNepal) May 1, 2021
