बिहीबार, भदौ ११, २०८३

तुलसीपुरमा भारतीय कारभित्र तीन बच्चाको शव भेटियो 

दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार तीन बच्चाको  शव फेला परेको छ।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

बुटवल- दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार तीन बच्चाको  शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा तीन बच्चाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ। 

गाडी केही दिनअघि नै त्यहाँ रहेको स्थानीयले बताएका छन् । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। कार भारतको राजस्थानबाट आएको सिंहले बताए। प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थलमा छ।

मृतक बालबालिकाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार त्यो कार त्यहाँ तीन महिनादेखि राेकेर राखिएकाे थियो। ‘माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ सिंहले भने, ‘घटना गम्भीर छ, हामी सूक्ष्म अध्ययन गरिरहेका छौं।’

यसरी भेटिए शव

प्रहरी अधिकारीका अनुसार शनिबार साँझ एउटा बस पार्किङका लागि त्यो कारनजिकै जाँदा चालक र सहचालकलाई निकै गन्ध आएको थियो। त्यसपछि वरिपरि हेर्दा केही नदेखिएको र बत्ती बालेर हेर्दा कारमा शव भेटिएको थियो। 

शव सडेगलेको जस्तो देखिएकाले पहिचान गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ।  ‘कारनजिकै गन्ध आएपछि बसका स्टाफले के को गन्ध हो? भनी यताउता ह‍ेरेछन्,’ सिंहले भने, ‘बत्ती बोलर कारभित्र हेर्दा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका हुन्।’
 

प्रकाशित: May 01, 2021| 15:41 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।