बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर र बुटबलका प्रशिक्षकद्वारा रेफ्री प्रज्ज्वलको आलोचना

विराटनगर र बुटबलका प्रशिक्षकद्वारा रेफ्री प्रज्ज्वलको आलोचना

‘नेपाल सुपर लिगको सबै पक्ष राम्रो छ। तर रेफ्री भएन। फुटबललाई व्यवसायिक बनाउनु छ भने राम्रा रेफ्री ल्याउनु र उत्पादन गर्नुपर्छ। रेफ्रीका कारण खेलाडी रिसाएका छन्,’ उनले भने। आफ्नो टिमले आज राम्रो खेलेको भए पनि अंकमा पछि परेको उनको भनाइ छ।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- विराटनगर सिटी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबको २–२ गोलको बराबरीमा रोकिएको खेलमा दुवै क्लबलको प्रशिक्षकले रेफ्री प्रज्वल क्षेत्रीको आलोचना गरेका छन्। दुवै टिमका खेलाडी र प्रशिक्षक सन्तुष्ट बन्ने निर्णय नदिएको भन्दै प्रशिक्षकले रेफ्रीको आलोचना गरेका हुन्। 

खेलपछि विराटनगरका प्रशिक्षक यान लले रेफ्रीले राम्रो खेल नखेलाएको बताए। उनका अनुसार खेलका धेरै पार्टमा रेफ्री चुकेका छन्।

‘नेपाल सुपर लिगको सबै पक्ष राम्रो छ। तर रेफ्री भएन। फुटबललाई व्यवसायिक बनाउनु छ भने राम्रा रेफ्री ल्याउनु र उत्पादन गर्नुपर्छ। रेफ्रीका कारण खेलाडी रिसाएका छन्,’ उनले भने। आफ्नो टिमले आज राम्रो खेलेको भए पनि अंकमा पछि परेको उनको भनाइ छ।

‘आजको बराबरीसँगै चार अंक भएको छ। छ अंक बनाउने अवसर थियो तर गुमेको छ। तर अझै तीन खेल बाँकी नै छ। ती खेलबाट शीर्ष चारमा रहिरन मौका हुन सक्नेछ,’ उनले भने। 

शनिबारको खेलमा पनि पहिलेको जस्तै आफ्नो टिमको प्रदर्शन राम्रो भएको उनको भनाइ छ।

बुटबल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले आजको खेल उत्कृष्ट रहेको बताएका छन्। आफ्नो क्लबले लिड गरे पनि टिकाउन नसकेको उनको दाबी थियो।

‘पहिलो र दोस्रो हाफमा पनि लिड गरेका थियौँ। तर दुवै पटक गोल खान पुग्यौँ। तर अन्तिम फल भएको अवस्थामा गोल खाँदा डिसएपोन्टेड भएका छौं,’ उनले भने, ‘यो खेलबाट शीर्षस्थानमा जाने अवसर थियो। गुम्यो। पछिल्लो खेलमा पनि यस्तै भएको थियो।’

प्रशिक्षक श्रेष्ठ पनि रेफ्रीको निर्णयसँग सन्तुष्ट नभएको बताएका छन्। खेलको इन्ज्युरी समयमा विराटनगरले पाएको फ्री-किकका लागि बुटबलले फल नगरेको उनको दाबी छ।

‘हामीले फल गरेका थिएनौँ। तर उसले फ्री पयो। त्यहाँ दुई खलाडीबीच कन्ट्याक्ट नै भएको थिएन,’ उनले भने, ‘तर, त्यसबाटै विराटनगरले गोल गर्‍यो। हामीले गोल खान पुग्यौँ,’ उनले भने।

प्रकाशित: May 01, 2021| 14:53 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।