धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शनिबार कैलालीको टीकापुर नगरपालिका–७ का ५० वर्षीया महिला, कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुष र बेलडाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
अस्पतालमा हाल ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको र तीमध्ये तीन जनाको भेन्टिलेटर, १७ जनाको आईसीयू तथा ३४ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनले शनिबार अस्पतालको प्रयोगशालामा ५५२ जनाको नमूना परीक्षणमा २४१ जनाको रिपोर्ट पोजेटिभ आएको बताए।
