बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको निःशुल्क र सहज उपचार व्यवस्था मिलाउन राप्रपाको माग

कोरोनाको निःशुल्क र सहज उपचार व्यवस्था मिलाउन राप्रपाको माग

'संक्रमितहरुको निशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसंग राप्रपा हार्दिक अपिल गर्दछ,' अध्यक्षत्रयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै कोरोना संक्रमितहरूको निशुल्क र सहज उपचार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाका अध्यक्षत्रयले संक्रमितहरुको निशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाउन माग गरेका हुन्। 

'संक्रमितहरुको निशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसंग राप्रपा हार्दिक अपिल गर्दछ,' अध्यक्षत्रयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देश कोरोना महामारीको महासंकटमा परेको भन्दै राप्रपाले यसको प्रतिकार गर्न राष्ट्रको सबै राजनीतिक, आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्न पनि माग गरेको छ। 

कोरोना महामारीविरुद्ध लड्नका लागि आवश्यक सबै सहयोग गर समन्वय गर्न राप्रपा तयार रहेको समेत विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: May 01, 2021| 12:26 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।