बिहीबार, भदौ ११, २०८३

सप्तरीमा आइतबारदेखि जोरबिजोर प्रणाली

कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि सप्तरी जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आइतबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

जनकपुरधाम- कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि सप्तरी जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आइतबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुनेबाहेकका सवारी साधनमा जोरबिजोर गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकललगायतका सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जनाइएको छ। बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री हुने खाद्यान्य, लत्ताकपडा तथा तरकारी बिक्रीवितरणमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

त्यस्तै राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यकबाहेकका सवारी साधन संचालनमा पनि रोक लगाइएको छ। 

बैठकबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा आइतबारदेखि दैनिक रुपमा निःशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिइएको छ। 

प्रकाशित: May 01, 2021| 11:36 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।