बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा ५ हजार ७६३ जनामा संक्रमण, ४३ हजार २१३ सक्रिय संक्रमित

२४ घण्टामा ५ हजार ७६३ जनामा संक्रमण, ४३ हजार २१३ सक्रिय संक्रमित

यीमध्ये ५ हजार ७०६  जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षणमा ५ हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको हो। 

यीमध्ये ५ हजार ७०६  जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२८७ रहेको छ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार २९८ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४०१ जना आइसियू र ११० जना भेन्टिलेटरमा उपचाररत छन्। 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ। यीमध्ये २ लाख ८२ हजार ३८२ संक्रमणमुक्त भएका छन्।

प्रकाशित: May 01, 2021| 11:01 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।