काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको कमीका कारण ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईले अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार मृत्यु हुनेमा अस्पतालकै एक विभागका अध्यक्ष पनि छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अस्पतालहरुमा अक्सिजनको कमी भएको र इमर्जेन्सी फोन आइरहेको बताएका छन्। उनका अनुसार दिल्लीमा दैनिक ९७६ टन अक्सिजन आवश्यक छ तर ४९० टनमात्र उपलब्ध छ।
