काठमाडौं- जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार मध्यरातिदेखि निषेधाज्ञा लागू हुने गरी जिल्लाभर निषेध आदेश जारी गरेको छ। शनिबार काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले १९ गतेदेखि २६ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेका हुन्।
निषेध आदेशको अवधिमा अत्यावश्यक काममाबाहेक हिँडडुल गर्न रोक लगाइएको छ। राजमार्ग क्षेत्रमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पनि रोक लगाइको छ। अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन।
विकास निर्माणसँग सम्बन्धित सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ।


