जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले बजारमा निस्किएर मास्क बाँडेका छन्। कोरोना माहामारीको दोस्रो लहरका कारण जनकपुरधाम लगायतका प्रदेश २ का सबै जिल्ला प्रभावित रहेपछि प्रमुख झाले जनकपुरधाम बजारको अनुगमन गरेका थिए।
मास्क लगाए नलगाएको अनुगमन गर्नका लागि बजार अनुगमनमा निस्किएका प्रुमख झाले मास्क वितरण गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए। झाले जनकपुरधामस्थित मिल्स एरियाबाट शिवचोकसम्म मास्क नलगाएका बटुवालाई मास्क बाँडेको बताए ।
कोरोना महामारीबाट धनुषा अति प्रभावित क्षेत्रमा परेकाले सबैलाई यस महामारीबाट सचेत रहन र अरुलाई सुरक्षित तुल्याउन प्रदेश प्रमुख आफैंले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेको भनाइ छ।
