बिहीबार, भदौ ११, २०८३

देवरसँग मिलेर श्रीमानको हत्या

धनुषामा एक महिलाले देवरसँग मिलेर श्रीमानको हत्या गरेकी छन्।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

जनकपुरधाम- धनुषामा एक महिलाले देवरसँग मिलेर श्रीमानको हत्या गरेकी छन्।

हँसपुर नगरपालिका वडा नम्बर ६ टिल्हीका २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा श्रीमतीले आफ्ना देवरहरुसँग मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। 

गएराति भएको विवादमा मण्डलका पत्नी २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्नुका साथै धारिलो हतियारले प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। 

हत्या गरेर पत्नी र भाइरहरु फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको प्रवक्ता मिश्रले बताए।
 

प्रकाशित: May 01, 2021| 08:48 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।