बिहीबार, भदौ ११, २०८३

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

बाँके - बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन्।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका-१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हाे। यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो। 

नेपालगन्ज उपमहानगरपालिका-६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे  मृत्यु भएको छ। यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर परीक्षण गरिएको थियो।

नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका-५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो। गएराति १० बजे उनको मृत्यु भएको हाे।

नेपालगन्ज-१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ बजे मृत्यु भएको छ।

मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका-११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। राति १२ः३० बजे उनको मृत्यु भएको काेभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएकाे छ।

दाङ  दंगीशरण गाउँपालिका-१ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। उनको आज बिहान ४ बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेकाे छ। रासस

प्रकाशित: May 01, 2021| 07:31 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।