बिहीबार, भदौ ११, २०८३

कञ्चनपुरमा कोरोनाको संक्रमणबाट तीनजनाको मृत्यु

कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गएराति तीनजनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

कञ्चनपुर - कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गएराति तीनजनाको मृत्यु भएको छ। दुईजनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एकजनाको होमआइसोलेसनमा मृत्यु भएको हो।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए। यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेसनमा मृत्यु भएको छ ।

यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजिटिभ आएको छ।

प्रकाशित: May 01, 2021| 04:29 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।