चितवन - चितवनकाे माडीमा बँदेलको अक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-८, शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना शुक्रबार साँझ भएको हो। रासस
