बिहीबार, भदौ ११, २०८३

बुटवलमा एकाबिहानै दुई कोरोना संक्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आज बिहानै मृत्यु भएको छ। 
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

बुटवल - बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आज बिहानै मृत्यु भएको छ। 

कोभिड पोजिटिभ भई भर्ना भएका नवलपरासीकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देहीका ५५ वर्षीय पुरुषको बिहान पौने ६ बजे मृत्यु भएको हो। 

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रामग्रामकी महिला कोरोना पुष्टि भएपछि शुक्रबार अस्पताल भर्ना भएकी थिइन्। रुपन्देहीका पुरुष १६ गते अस्पताल भर्ना भएका थिए।

दुवैमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ।

प्रकाशित: May 01, 2021| 03:20 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।