बिहीबार, भदौ ११, २०८३

सातामै ७०० प्रतिशतले बढ्यो कोरोनाको मृत्युदर 

पछिल्लो समय थपिएका संक्रमित गम्भीर लक्षणसहितका रहेको चिकित्सक बताउँछन्। धेरैजसो बिरामी अक्सिजन चाहिने अवस्थाका छन्।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै नेपालमा मृत्युदर ह्वात्तै बढेको छ। 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा कोरोना संक्रमणबाट हुने मृत्यु ७०० प्रतिशतले बढेको छ। साता दिन अघिसम्म दैनिक ५–६ जनाको मृत्यु भइरहेकोमा हिजो बिहीबार ३५ जनाले ज्यान गुमाए। आज शुक्रबार ३३ जनाको मृत्यु भयो। 

गत शुक्रबार ५, शनिबार १४, आइतबार २८, सोमबार १२, मंगलबार १८,  बुधबार १७ र बिहीबार ३५ जनाको मृत्यु भएको छ। पछिल्लो एक हप्ताको मृत्युदरले स्थिति खतरनाक बन्दै गएको प्रष्ट संकेत गर्छ। 

संक्रमितको संख्या पनि बढ्दो क्रममै छ। एक हप्ताअघि गत शुक्रबार २ हजार ५ सय ५९ जना संक्रमित थपिएकोमा एक हप्तापछि वैशाख १७ गते शुक्रबार एकै दिनमा ५ हजार ७ सय २७ जना थपिएका छन्। एक साताको अन्तरमा थपिने संक्रमितको संख्या २२३ प्रतिशत बढी हो। 

पछिल्लो एक हप्तामा नेपालमा कोरोनाबाट ३१ हजार ९ सय ३२ जना संक्रमित थपिएका छन् भने १६२ जनाको मृत्यु भएको छ। शुक्रबार देशभरका अस्पतालका आईसियूमा ३३१ जना छन् भने भेन्टिलेटरमा ११५ जना कोरोना संक्रमित छन्।

बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिरामीले अस्पतालमा भर्ना पाउन छाडेका छन्। काठमाडौंका सबैजसो अस्पताल संक्रमितले भरिभराउ छन्। टेकु अस्पतालमा बिरामी भरिएका छन्। नयाँ संक्रमित भर्ना गर्न नसकिने अवस्था रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्।

पछिल्लो समय थपिएका संक्रमित गम्भीर लक्षणसहितका रहेको चिकित्सक बताउँछन्। धेरैजसो बिरामी अक्सिजन चाहिने अवस्थाका छन्। चिकित्सक आफैं संक्रमित भइरहेका छन्। पाटन अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्य अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्छन्। भन्छन्, ‘हामीले सधैं मान्छे मरेको देखिरहेका छौं यसलाई गम्भिर रुपले लिइदिनुस्। सबैले स्वास्थ्य मापदण्ड पालना गरिदिनुस्।’

यस्तो छ संक्रमण र मृत्युदर 

वैशाख १० गते

परीक्षणः ९६६४
संक्रमितः २५५९
मृत्युः ५

वैशाख ११ गते

परीक्षणः ८६६८
संक्रमितः २६१९
मृत्युः १४

वैशाख १२ गते

परीक्षणः १००७८
संक्रमितः ३१२२
मृत्युः २८ 

वैशाख १३ गते 

परीक्षणः १३२९३
संक्रमितः ३५५६
मृत्युः १२

वैशाख १४ गते 

परीक्षणः १५६८१
संक्रमितः ४५२४
मृत्युः १८

वैशाख १५ गते 

परीक्षणः १४८३४
संक्रमितः ४८९७
मृत्युः १७

वैशाख १६ गते 

परीक्षणः १३५६०
संक्रमितः ४९२८
मृत्युः ३५

वैशाख १७ गते 

परीक्षणः १५९१६
संक्रमितः ५७२७
मृत्युः ३३

प्रकाशित: Apr 30, 2021| 15:55 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।