बिहीबार, भदौ ११, २०८३

विराटनगरमा ९६ शय्याको कोभिड अस्पताल सञ्चालनमा

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो। अस्पतालमा शुक्रबारदेखि बिरामी भर्ना शुरु गरिएको छ। अस्पतालमा २९ जना संक्रमित भर्ना भएको कोभिड अस्पताल संयोजक वैजनाथ साहले बताए।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

विराटनगर- प्रदेश १ सरकारले शुक्रबारदेखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालमा २१ वटा भेन्टिलेटरसहित ८३ वटा अक्सिजन शय्या र १३ वटा नर्मल शय्या रहेका छन्।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो। अस्पतालमा शुक्रबारदेखि बिरामी भर्ना शुरु गरिएको छ। अस्पतालमा २९ जना संक्रमित भर्ना भएको कोभिड अस्पताल संयोजक वैजनाथ साहले बताए।

संक्रमित भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए। अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको दाबी गरे। उनले संक्रमण दर बढेसँगै उपचारको प्रबन्ध पनि गर्दै आएको बताए। 

मुख्यमन्त्री राईले विराटनगरबाहेक जिल्लामा पनि २० शय्यासम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिइसकिएको बताए। मुख्यमन्त्री राईले प्रदेश १ का विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको उल्लेख गरेका थिए। उनले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिए। 

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताइन्। कोभिड अस्पतालको लागि जनशक्तिको व्यवस्थापन भइसकेको भन्दै उनले एउटा सिफ्टमा १९ जना रहने बताइन्। अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भइरहेको उनको भनाइ छ।

प्रकाशित: Apr 30, 2021| 15:13 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।