बिहीबार, भदौ ११, २०८३

गोरखाको एउटै बस्तीमा ६४ जना संक्रमित

गोरखाको भीमसेन थापा गाउँपालिका-७ मा एउटै बस्तीका ६४ जनालाई कोरोना संक्रमण देखिएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

पोखरा- गोरखाको भीमसेन थापा गाउँपालिका-७ मा एउटै बस्तीका ६४ जनालाई कोरोना संक्रमण देखिएको छ। गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेका अनुसार गाउँपालिकाको वडा नम्बर ७ को क्यामुनटार बस्तीका ६४ जनालाई कोरोना संक्रमण देखिएको हो।

उनका अनुसार ११ वर्षका बालकदेखि ६० वर्ष उमेरसम्मका व्यक्तिलाई कोरोना पुष्टि भएको छ।

‘उनीहरु सबै आफ्नै आफ्नै घरमा आइसोलेसनमा छन्, बाहिर निस्कन दिइएको छैन,’ पाण्डेले भने, ‘सामान्य ज्वरो र रुघाखोकी छ, तातोपानी खाएर बसेका छन्।’

पाण्डेले उनीहरुको निगरानी गर्न प्रहरी र गाउँपालिकाका कर्मचारी  खटाइएको बताए। र गम्भीर समस्या देखिएमा अस्पताल लैजान एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

सो वडाको क्यामुनटार गाउँका बासिन्दाको दुईपटकसम्म पोखरामा स्वाब परीक्षण गरिएको थियो। पहिलो पटकको परीक्षणमा ३१ र दोस्रो पटकको परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो। दुई पटक गरेर १ सय ७३ जनाको स्वाब परीक्षण गरिएको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ९४ जना सक्रिय संक्रमित छन्। गोरखामा हालसम्म १२ जना कोभिड संक्रमितको ज्यान गएको छ। 

प्रकाशित: Apr 30, 2021| 14:35 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।