आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ती सम्झौता, युनाइटेडको ३५ कित्ता सेयर हुनेले नबिलको ३५ पाउने

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ती सम्झौता, युनाइटेडको ३५ कित्ता सेयर हुनेले नबिलको ३५ पाउने

सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिषकुमार खेमकले हस्ताक्षर गरेका छन्।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- चौधरी समूहको ३६ प्रतिशत लगानी रहेको नबिल बैंकले सोही समूहको लगानी रहेको युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने भएको छ। बैंक र फाइनान्सबीच प्राप्तीसम्बन्धी शुक्रबार सम्झौता भएको हो। 

सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिषकुमार खेमकले हस्ताक्षर गरेका छन्।

युनाइटेड फाइनान्सको अध्यक्षमा विनोद चौधरीका माइला भाई बसन्तकुमार चौधरी छन् भने नबिल बैंकका एक जना सञ्चालक निर्वाण चौधरी छन्। निर्वाण विनोद चौधरीका जेठा छोरा हुन्। 

युनाइटेडलाई प्राप्ती गरेपछि नबिल बैंककै नामबाट सञ्चालन हुनेछ भने सञ्चालक समितिमा बैंकका हालकै सदस्य रहनेछन्।  बैंकका अध्यक्ष उपेन्द्र पौडेल नै रहने सम्झौता भएको छ। 

सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता सेयर स्वाप रेसियो कायम हुने गरी मर्जर सम्झौता भएको हो। 

युनाइटेडको प्राप्तिपछि नबिलको बैंकको चुक्तापुँजी १३ अर्ब ८५ करोड पुग्नेछ। बैंकका शाखा कार्यालयको संख्या १४७ वटा पुग्नेछ भने एटिएमको संख्या १९० पुग्नेछ। प्राप्तीपछि बैंकको निक्षेप २ खर्ब १६ अर्ब पुग्नेछ।

प्रकाशित: Apr 30, 2021| 14:17 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्